Category: इभेन्ट्स

अष्ट्रेलिया नेपाल पब्लिक लिंकद्वारा भिक्टोरियामा नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण

मेलबर्न। अष्ट्रेलियामा लामो समयदेखि नेपाली समुदायको हितमा क्रियाशील संस्था अष्ट्रेलिया नेपाल पब्लिक लिंकले नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरुलाई प्राथमिकतामा रखिएको यो प्रशिक्षण कार्यक्रम भिक रोडबाट कम्युनिटी रोड सेफ्टी अनुदान प्राप्त कार्यक्रम हो। नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षणको लागि इच्छुक व्यक्तिहरुलाई फारम भर्ना आग्रह गरिएको थियो। जसमा आयोजक संस्थाले अपेक्षा गरेभन्दा बढी, १ सय ४१ जनाले उक्त फारम भरेका छन्। संस्थाका अनुसार, प्रशिक्षणको लागि चालीस जनाको मात्र कोटा रहेको हुनाले फारम भरेकाहरु सबै प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन्। तर संस्थाले फारम भरेका सबैलाई इमेल पठाउनेछ। र, इमेलको जवाफ सबैभन्दा छिटो दिने चालिस जना प्रशिक्षणको लागि छनोट हुनेछन्।...

Read More

कंडेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा टिकटक प्रतियोगिता, प्रथम हुनेलाई १ लाख ५० हजार नगद पुरस्कार

काठमाडौं। टिकटकमा आफ्नो कला क्षमता प्रस्तुत गर्दै आइरहेकाहरुका लागि द जीएमआई एकेडेमीले सुनौलो अवसर सहितको कार्यक्रमको आयोजना गरेको छ। द जीएमआईले सहि हो इभेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितालाई अष्ट्रेलियामा पढ्न र करियर बनाउन जान चाहनेहरुका लागि भरपर्दो माध्यम बन्दै आइरहेको कंडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ। प्रतियोगिताको निर्णयाक मण्डलमा अभिनेत्री प्रियंका कार्की, चरित्र अभिनेता किरण के सी र नृत्य निर्देशक कविराज गहतराज रहेका छन्। सामाजिक संजालमा आउने लाइक, कमेन्ट, सेयरलाई पनि जोडेर मुल्यांकन गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेले असोज १३ गतेसम्ममा आफ्नो भिडियो पठाईसक्नुपर्नेछ। मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगितामा...

Read More

गुल्मी समाज भिक्टोरीयाद्वारा बाग्लुङ्ग ढोरपाटन बाढी पिडीतका लागि सहयोग अभियान

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा रहेका नेपालीहरुको सामाजिक संस्था ‘गुल्मी समाज भिक्टोरिया’ले नेपालका बाढी पिडितका लागि सहयोग अभियान चलाएको छ। अष्ट्रेलियामा रहेका नेपाली लगायत नेपालको विभिन्न ठाउँ तथा समुदायको लागि विभिन्न सहयोग कार्यक्रम गर्दै आएको संस्थाले बाग्लुङ्गको ढोरपाटनका बाढी पिडितका लागि सहयोग अभियान संचालन गरेको हो। लगातारको झरीका कारण बाग्लुङको भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का १० भन्दा बढी घर बगाएको छ। त्यस्तै, ७५ वटा घरलाई बाढी र पहिरोले क्षति पुर्याएको छ। बाढीमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। त्यस्तै, बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह,...

Read More

खोप परीक्षणमा नेपालको तयारी, छ खोप अन्तिम चरणमा

काठमाडौँ, १२ भदौ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ । खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल...

Read More

अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगितामा नेपालबाट सहभागी राउत प्रथम

मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन एकल तीज नृत्य प्रतियोगिताको नतिजा घोषणा भएको छ। गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अनलाइन लाइभ मार्फत आज अर्थात ऋषि पन्चमीको दिनमा नतिजा घोषणा गरिएको हो। प्रतियोगितामा तेस्रो स्थान नेपालबाट सहभागी भएकी रुपा लामाले हासिल गरेकी छिन्। त्यस्तै नेपालबाट नै सहभागी भएकी सोनी गुरुङले दोस्रो स्थान प्राप्त गरेकी छिन्। र, प्रतियोगिताको उपाधी नेपालबाट नै सहभागी भएकी अनुषा राउतले जित्न सफल भएकी छिन्। एक्स्पर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशी रहेको थियो । साथै, उत्कृष्ट दशमा पर्न सफल भएका...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930