Category: अष्ट्रेलिया खबर

अष्ट्रेलियामा एइसीएद्वारा विद्यार्थीहरुलाई ४१ हजार डलर वितरण, स्टुडेन्ट वेलफेयर फन्ड निर्माणको तयारी

सिड्नी। अष्ट्रेलियामा कार्यरत नेपाली मुलका शैक्षिक परामर्शदाताहरूको संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेण्ट्स एलायन्सले विद्यार्थी तथा अस्थायी भिसा होल्डरहरुका लागि ४१ हजार २ सय ५० डलर सहयोग गरेको छ। संस्थाले कोरोना महामारीको चपेटामा परेका विद्यार्थीहरुलाई उक्त सहयोग गरेको हो। एइसीएले आफ्ना सदस्यहरुलाई प्रतिसंस्था कम्तिमा ५ सय डलर सहयोग गर्न आह्वान गर्दै सहयोग संकलन अभियान चलाएको थियो। उक्त संकलित रकमबाट ४१ हजार २ सय ५० डलर विद्यार्थीहरुलाई सहयोग गरिसकिएको संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। संस्थाले विद्यार्थीहरुका लागि यस्तै परिस्थितिहरुमा सहयोग गर्ने उद्देश्यले अब स्टुडेन्ट वेलफेयर फन्डको निर्माण गर्ने समेत बताएको छ। संस्थाका अनुसार, सहयोग अभियानबाट संकलित रकममा विद्यार्थीलाई सहयोग गरेर...

Read More

अष्ट्रेलियामा बियरको मूल्य घटाउन सहयोग गर्न सरकारसंग व्यवसायीको माग

मेलबर्न। अष्ट्रेलियामा बियरको मूल्य घटाउनको लागि सहयोग गर्न व्यवसायीहरुले सरकारसंग माग गरेका छन्। बियर उत्पादन संघले सरकार समक्ष बियरमा उत्पादन शुल्क या करमा कटौती गर्न आग्रह गरेका हो। संघले अबको बजेटमा सरकारले यस बारेमा सम्बोधन गर्न माग गरेको छ। बियर उत्पादक तथा व्यवसायीहरुका अनुसार, अहिले महामारीका कारण होटल तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने ग्राहकहरुले पनि पर्याप्त खर्च गर्न सक्ने अवस्था छैन। यस्तो समयमा बियरमा उत्पादन शुल्क कटौती भएमा बियरको मूल्य स्वत: घट्नेछ। जसले गर्दा ग्राहकहरु पब, रेष्टुरेन्टतिर आकर्षित हुनेछन् र हस्पितलिटि क्षेत्र फेरी उठ्न मद्दत हुनेछ। त्यस्तै, बियरको माग बढेसंगै उत्पादन पनि बढ्नेछ। जसले गर्दा उद्योग क्षेत्रमा पनि...

Read More

अष्ट्रेलियामा भिक्टोरियाबाट वेस्टर्न अष्ट्रेलिया आउनेहरु अब होटल क्वारेन्टिनमा बस्नु नपर्ने

पर्थ। अष्ट्रेलियामा भिक्टोरिया राज्यबाट वेस्टर्न अष्ट्रेलिया आउनेहरु अब होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। वेस्टर्न अष्ट्रेलिया सरकारले भिक्टोरियाबाट अष्ट्रेलिया आउनेहरु अब १४ दिनको होटल क्वारेन्टिन बस्नु नपर्ने बताएको हो। सरकारले अन्य देशबाट आएका व्यक्तिहरुलाई होटलमा व्यवस्थित रुपले राख्नको लागि र होटलमा पर्ने चापलाई कम गर्नको लागि सो निर्णय गरिएको बताएको छ। होटल क्वारेन्टिनमा बस्नु नपरेतापनि भिक्टोरियाबाट आउनेहरु आफ्नै निवासमा या आफूले रोजेको ठाउँमा क्वारेन्टिन भने अनिवार्य रुपमा बस्नुपर्नेछ। वेस्टर्न अष्ट्रेलियामा भिक्टोरियाबाट आउने सिमित व्यक्ति र सिमित सावरीसाधनलाई मात्र प्रवेश गर्न दिइएको छ। भिक्टोरियाबाट वेस्टर्न अष्ट्रेलिया प्रवेश गर्दा उनीहरुको स्वास्थ्य परिक्षण गरिन्छ र क्वारेन्टिन बसेको ११ औं दिनमा फेरी परिक्षण...

Read More

अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा भएको छ। St Kilda Road मा राती करिब ११ बजे हिंडिरहेकी ती महिलामाथि यौन हिंसा भएको हो। पिडित महिलाका अनुसार, फ्लिनडर्स स्ट्रीट स्टेसनमा बसिरहेको एउटा व्यक्तिले उनलाई पछ्यायो। त्यसपछि उनीसंग प्रस्ताव राख्दै समय माग्यो। जब ती महिलाले उसलाई जवाफ फर्काएर अगाडी बढीन् , उसले पिछा गर्यो । त्यसपछि उसले यौन सम्बन्धि प्रश्नहरु सोधेको र आफूमाथि यौन हिंसा गरेको ती महिलाले बताएकी छिन् । केही दिन अगाडी घटेको यो घटनाको प्रहरीले सिसि टिभी फुटेज सार्वजनिक गरेको छ। महिलाको बयान र सो फुटेजको आधारमा उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। Please follow...

Read More

अष्ट्रेलियामा भिक्टोरियाको लागि बोर्डर खुलाउने बारे न्यु साउथ वेल्स राज्यको यस्तो योजना

सिड्नी। अष्ट्रेलियामा कोरोना महामारी नियन्त्रणको लागि राज्य बोर्डरहरु हाल बन्द रहेका छन्। यसै बीच न्यु साउथ वेल्स सरकारले भिक्टोरियासंगको बोर्डर छिट्टै खुल्ला गर्ने चाहना रहेको जनाएको छ। न्यु साउथ वेल्समा यतिबेला समुदाय स्तरमा संक्रमण शुन्यमा झरेको छ। त्यस्तै, भिक्टोरिया राज्यमा पनि नयाँ संक्रमित दर १५ भन्दा कम रहेको छ। यस अवस्थामा न्यु साउथ वेल्स राज्य सरकारले भिक्टोरियासंगको बोर्डर खोल्ने योजना बारे सार्वजनिक गरेको हो। न्यु साउथ वेल्सका अनुसार, राज्यमा समुदाय स्तरमा संक्रमण नदेखिनु भनेको कोरोना हटिसक्यो भन्ने होइन। तर यसलाई नियन्त्रण गर्दै पहिले अनुमान गरीए भन्दा अगाडी नै बोर्डर खोल्न सकिने राज्य सरकारले जनाएको हो। न्यु साउथ वेल्सले क्रिसमसको...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930