मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नयाँ कोरोना भाइरस संक्रमितको संख्या करिब तीन महिना यताकै सबैभन्दा कम देखिएको छ।

शनिबार बिहानसम्म ३७ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या जुन २५ देखि यताकै सबैभन्दा कम हो।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ।

Please follow and like us:

Comments