ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा एकै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्विन्सल्याण्डमा शुक्रबार बिहानसम्ममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई जना नै क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

ती दुई मध्ये एक जना आफ्नो परिवारका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा रहेका व्यक्ति हुन् ।

त्यस्तै, अर्का व्यक्तिमा पनि संक्रमितको नजिकको सम्पर्कबाट संक्रमण सरेको बताइएको छ।

यो संगै क्विन्सल्याण्डमा निको नभएका कोरोना संक्रमितको संख्या २८ पुगेको छ।

Please follow and like us:

Comments