टी-ट्वान्टी सिरिजमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग २ रनले पराजित भएको छ। गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सफल भयो । डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए ।

एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा पर्यो ।

तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

 

Please follow and like us:

Comments