क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा जमैका तलाबाजले जित हात पारेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

शनिबार राति ट्रीनिडाड एन्ड टोबेगोमा भएको खेलमा जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो ।

जितसँगै जमैकाले ६ खेलमा ३ जित हात पारेको छ । जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।

जमैकामा खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिएका थिए भने फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २-२ विकेट लिए ।

सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।

 

 

Please follow and like us:

Comments