काठमाडौं। नेपाली गायन रियालिटी शो नेपाल आइडल सिजन ३ को उपाधी सज्जा चौलागाईंले जितेकी छिन्। शुक्रबार भएको नेपाल आइडल फिनालेमा विजेता घोषणा गरिएको हो।

नेपाली आइडल सिजन ३ को उत्कृष्ट तीनमा सज्जा चौलागाईं , प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। दर्शकले गरेको भोटको आधारमा प्रवीण फर्स्ट रनर-अप र किरणकुमार भुजेल सेकेन्ड रनर अप भएका छन्।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा आउनु अघि कलेज पढ्दै,ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन्।

आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।  यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

Please follow and like us:

Comments